माओवादी नेता श्रेष्ठलाई पनि कोरोना संक्रमण

काठमााडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। पीसीआर परीक्षण गर्दा कोरोना देखिएको र अब १४ दिन आइसोलेसनमा बस्ने श्रेष्ठले जानकारी गराएका छन्।

‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु,’ उनले फेसवुकमा भनेका छन्, ‘कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु।हालसालै मसंग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु।’

माओवादी केन्द्रीय कार्यालयका अधिकांशलाई कोरोना संक्रमण भएपछि कार्यालय नै बन्द गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *