एएफसी फुटसल एसियन कप क्वालिफायर्समा नेपाल समूह ‘बी’ मा

काठमाडौं । एएफसी फुटसल एसियन कप क्वालिफायर्समा नेपाल उज्वेकिस्तान, ताजिकिस्तान र अफगाजिस्तानसँग समूह ‘बी’ मा परेको छ ।

अप्रिल १० देखि १२ सम्म किर्गिस्तानमा हुने प्रतियोगिताको ड्र बिहिबार एएफसीले सार्वजानिक गरेको हो ।

राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार ३२ खलाडीलाई प्ररम्भिक चरणमा बन्द प्रशिक्षणमा बोलाएका छन् ।

प्रशिक्षण शुक्रबारदेखि सुरु हुनेछ ।

गोलरक्षकः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जिब तामाङ, सुमित कुमार आले

फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, विकु तामाङ, सरोज तामाङ

पिभोटः अविनाश तामाङ, विक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ,

आलाः आदिल हमिद, अमित लामा, जेनिश प्रजापती, किरन चौधरी, कृजल खड्का, मनि कुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्कन शेर्पा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *