क्रेनसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालको मृत्यु भएको छ । जिल्लाको लम्कीमा क्रेन र मोटरसाइकल एकआपसमा ठोक्किदा कञ्चनपुरको बेलौरी नगरपालिका ५ का नेघुलाल चोधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको र १ क ११३० नम्बरको क्रेन र विपरीत दिशाबाट आउँदै गरेको से ४ प ६०२१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपकरण गर्न टीकापुर अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही दुर्घटनामा पैदल यात्री भुवन सिंह भाट घाइते भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *