सहसचिव राउत सचिवमा बढुवा

काठमाडौं । नेपाल सरकारका सहसचिव कृष्णबहादुर राउत सचिवमा बढुवा भएका छन् ।

बुधवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेका राउतलाई बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा सहसचिव राउतसँगै दोस्रो नम्बरमा रामेश्वर दंगाल र तेस्रो नम्बरमा मुकुन्दप्रसाद निरौलाको नाम सिफारिस गरेको थियो ।

राउत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव एवं प्रवक्ताको रुपमा कार्यरत रहेका छन् । सहसचिवबाट सचिवमा बढुवा भएपछि अब राउत प्रदेश प्रमख सचिवमा पदस्थापन हुनेछन् वा कुनै मन्त्रालयको जिम्मेवारी दिइने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *