राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका उम्मेदवारका लागि खर्चको सीमा तोकेको छ । आयोगले एक सदस्यले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको छ ।

मतदाता नामावली खरिदका लागि एक हजार, सवारीसाधन तथा घोडाका लागि ७० हजार, इन्धन तथा दानाका लागि १० हजार, प्रचारप्रसार सामग्रीका लागि १४ हजार पाँच सय, ढुवानका लागि १० हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि एक लाखलगायत अन्य गरी तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।

आयोगले २०७८ माघ १२ गते रिक्त राष्ट्रियसभा सदस्यका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *