एमाले डोल्पा अध्यक्षमा ५ जनाको दाबी, सहमतिको प्रयास हुँदै

सुर्खेत । नेकपा एमाले डोल्पाको जिल्ला अधिवेशन आउन र्दुई दिनमात्र बाँकी रहँदा अध्यक्षको दावेदारको रुपमा पाँच जना देखिएका छन् । नेकपा एमाले डोल्पाका अनुसार अध्यक्ष पदका लागि विष्णु रोकाय, नरबहादुर बुढा, लंक शाही, शेरबहादुर बुढा र पूर्ण डाँगीले दाबी गरेका छन् ।

सर्वसम्मत रुपमा अध्यक्षसहित पदाधिकारी चयन गर्ने प्रयास भने जारी रहेको एमाले डोल्पाले जनाएको छ । स्रोतका अनुसार चुनाव भएको खण्डमा शेरबहादुर बुढा जित्ने करिब निश्चित छ तर पार्टीलाई एकताको अधिवेशनका रुपमा लिइएका कारण अध्यक्षका आकांक्षीहरुलाई मिलाएर लैजाने तयारी भएको छ ।

‘हामी सर्वसम्मत रुपमा नेतृत्व चयन गर्छौं । पार्टीलाई एकताको अधिवेशनको रुपमा अघि बढाउँदै सक्षम र सबल नेतृत्व दिलाउँछौं,’ एमाले डोल्पा इन्चार्ज बद्यमीक्वारी बोहोराले भनिन्, ‘त्यसका लागि प्रयास जारी राखेका छौं । सबै कामरेडलाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन हामी जुटेका छौं ।’

सबैको ध्यान डोल्पाको अध्यक्षमा रहेका कारण अन्य पदका लागि भने उम्मेदवारी कसैले पनि घोषणा गरेका छैनन् तर सचिव पदका लागि भने लंक रोकायाले दाबी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *