राष्ट्रिय फुटसल टोलीका लागि ३२ खेलाडी प्रशिक्षणमा

काठमाडौं । अखिल नेपाल फटबल संघ (एन्फां)ले राष्ट्रिय फुटसल टिमका लागि प्रारम्भिक चरणमा ३२ खेलाडी प्रशिक्षणका लागि बोलाएको छ । सोमबार एन्फाले प्रशिक्षक गौरब बस्नेत मार्फत गत अशोजमा पोखरामा आयोजना भएको ‘ए’ डिभिजन लिग फुटसलबाट ३२ खेलाडीलाई सुरुआती छनोटमा आमन्त्रण गरेको हो ।

नेपालले अप्रिल १ देखि १५ सम्म कीर्गिस्तानमा हुने एएफसी फुटसल एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको तालिका र खेल्ने टोली भने तय भएको छैन । नेपाली टोलीको क्याम्प शुक्रबारबाट हुनेछ ।

३२ खेलाडी 
गोलरक्षकः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जिब तामाङ, सुमित कुमार आले

फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, विकु तामाङ, सरोज तामाङ

पिभोटः अविनाश तामाङ, विक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ,

आलाः आदिल हमिद, अमित लामा, जेनिश प्रजापती, किरन चौधरी, कृजल खड्का, मनि कुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्कन शेर्पा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *