क्यानद्वारा ३० सदस्यीय प्रारम्भिक क्रिकेट टिम घोषणा, कारवाहीमा परेका खेलाडी पनि समावेश

काठमाडौं । नेपाल क्रिकेट संघले टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । संघले कारवाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडी पनि प्रारम्भिक टिममा परेका छन् ।

ओमानमा हुने टि–२० विश्वकपको क्वालिफायरका लागि पहिलो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिएको हो । टिमको कप्तानमा यसअघि नै क्यानले सन्दिप लामिछानेलाई तोकिसकेको छ । उपकप्तान भने चयन गरिएको छैन ।

क्यानले हालै अनुशासनको कारवाही गर्दै सेन्ट्रल कन्ट्राक्टबाट ६ महिनाका लागि बाहिर राखेका ४ खेलाडी ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी सबैजना प्रारम्भिक टोलीमा परेका छन् । नवनियुक्त प्रशिक्षक पुबुदु दासानायेकेसँगको परामर्शमा क्यानको छनोट समितिले बन्द प्रशिक्षणका लागि टिम छनोट गरेको हो ।
बन्द प्रशिक्षण १ जनवरीबाट सुरु हुने क्यानले जनाएको छ ।

३० खेलाडीको सूची यसप्रकार छः
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सरद भेषावकर, करन केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमल सिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अभिनाश बोहोरा, सुशान भारी, पवन सर्राफ, बिक्रम सोब, भिम शार्मी, रोहित कुमार पौडेल,प्रदीप ऐरी, गुल्शन झा, नन्दन यादव, जितेन्द्र कुमार मुखिया, विवेक कुमार यादव, शौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *