राष्ट्रिय सुरक्षा समितिको बैठकमा राष्ट्रिय सभा निर्वाचनको सुरक्षा व्यवस्थाबारे छलफल

काठमाडौं । राष्ट्रिय सुरक्षा समितिको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनको सुरक्षा व्यवस्थाबारे छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको सुरक्षा व्यवस्थाबारे छलफल भएको गृह मन्त्रालयले जनाएको हो ।

‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो । बैठक निर्वाचनको सुरक्षा विषयमा केन्द्रित थियो ।’ मन्त्रालयका सचिव टेकनारायण पाण्डेले भने । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्नका लागि निर्वाचन हुदैँछ ।

बैठकमा गृह सचिव पाण्डे, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइराला, लगायतको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *