महाधिवेशनको पूर्वसन्ध्यामा के भन्छन् माओवादी प्रतिनिधि ? (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन भोलिबाट सुरु हुँदैछ । सम्मेलनमा सहभागि हुने अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भेटिएका केही प्रतिनिधिले माओवादी अब व्यवस्थित भएर जाने आशा गरेका छन् ।

डोटीबाट आएका एक प्रतिनिधिले पार्टीमा प्रचण्डको विकल्प नभएको बताए । ‘प्रचण्ड कुशल नेतृत्व हुनुहुन्छ,’ उनले भने, ‘यो देशको नेतृत्व पनि प्रचण्ड नै हो । अरु पार्टीबाट देशको नेतृत्व गर्ने कोही पनि देखेको छैन् ।’

कैलालीबाट आएका प्रेम विसीले भने प्रचण्डको विकल्प पार्टीमा नभएको बताए । ‘प्रचण्डको विकल्प अहिले छैन,’ उनले भने, ‘उहाँकै नेतृत्वमा अगाडि बढाउने भन्ने भएकाले नेतृत्वमा होडबाजी छैन् ।’

उनले थपे, ‘अध्यक्षले सबैको क्षमता बुझेको हुँदा सबै शीष नेतालाई जिम्मेवारी दिएर लैजानुहुन्छ ।’

काठमाडौंबाट आएका अर्जुन थापाले पाटीै अब व्यवस्थित भएर प्रचण्डकै नेतृत्वमा अघि बढ्ने बताए । ‘पहिले भन्दा पार्टी व्यवस्थित हुन्छ कि भन्ने आसा छ,’ उनले भने, ‘केही गर्‍यो भने यही पार्टीले गर्छ । प्रचण्डको टिमले गर्ने हो।राम्रो टिम छ। अब व्यवस्थित हुन्छ कि भन्ने आसा छ ।’

‘स्कुलिङ नगरेकाले कार्यकर्ताहरु छिन्नभिन्नभएका हुन् ।अब पार्टी व्यवस्थित हुन्छ,’ उनले थपे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *