काठमाडौं । यससाता आमसञ्चारमाध्यममा विभिन्न तस्बिरहरु प्रकाशित–प्रसारित भए । तीमध्ये केही तस्बिर निकै अर्थपूर्ण थिए र चर्चित पनि भए । हेर्नुहोस्, विभिन्न फोटो पत्रकारले खिचेका यो साताका खास सात तस्बिर–
१. १५ बर्षदेखि ओडारमा बस्दै आएका जुम्लाको चन्दननाथ नगरपालिका–१ का स्थानीय चेत कुलाललाई न्यानो कपडा प्रदान गर्दे जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँ। जाडो बढेसँगै अपाङ्गता पुनःस्थापना केन्द्र र नेपाल पत्रकार महासंघ जुम्ला शाखाको पहलमा साहाराविहीनलाई सहयोगको सुरुवात गरिएको छ । तस्बिरः विजय रावत/ रासस२. चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा बनेको टापुमा घाम ताप्दै गरेका घडियाल (मुख चुच्चो भएका साना गोही) र मगर गोही । जाडो याममा घाम ताप्नका लागि गोहीहरु पानीबाट बाहिर निस्कने गर्दछन् । तस्बिरः टेकराज पोखरेल/रासस
३. भक्तपुरको ऐतिहासिक नवदुर्गा नाच बिहीबार मध्यपुर थिमिको दथुटोलमा नचाइँदै । योमरी पूर्णिमाको दिनदेखि एक हप्तासम्म मध्यपुरको दिगुटोल, लायकू, दथुटोल, बालकुमारी, तछुटोल, मरुटोललगायतका स्थानमा नचाइँने प्रचलन रहेको छ । नाच आईतबारसम्म हुनेछ । तस्बिरः रत्न श्रेष्ठ/ रासस
४. फोक्सुण्डो तालमा घुम्न आउने पर्यटक बस्ने डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकास्थित रिग्मो गाउँ । हिमपातका कारण अहिले गाउँ सेताम्य भएको छ । तस्बिरः हेमन्त केसी/रासस
५. राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा लिइसकेपछि हावा भित्र छिराउनको लागि फुटाइएको सिसाबाट चियाउँदै अग्नि नियन्त्रक र सुरक्षाकर्मी। तस्बिरः उमेश कार्की
६. उपल्लो डोल्पामा परेको हिमपात छिचोल्दै तल्लो डोल्पा ल्याइँदै गरेका भेडा र च्याङग्रा । तस्बिरः हेमन्त केसी/रासस
७. राजधानीको बौद्धमा रहेको बौद्धनाथ स्तुपा । तस्बिरः सरोज बैजु
Leave a Reply