काठमाडौं । लोकसेवा आयोगले लिएको सबै चरणका परिक्षा उर्तिण गरेर नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परिक्षार्थीको मुद्दा बिहीबार पनि स्थगित भएको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठ, नहकुल सुवेदी र दिपक कुमार कार्कीको इजलास मा परेको मुद्दा सुनुवाइ सुरु भैसकेपछि बहसको क्रममा न्यायाधीश विश्वम्भर श्रेष्ठले मैले हेर्न मिल्दैन भनेपछी मुद्धा स्थगित हुदा अदालत परिशर केहिबेर तनाबग्रस्त बनेको थियो ।
करिब तीन सयको हाराहारीमा रहेका परिक्षार्थी एकैपटक मुख्य रजिस्ट्रारको कक्षमा जान लाग्दा प्रहरीसँग ठेलमथेलको अवस्थाले अदालत प्रशासनलाईसमेत एकपटक यो मुद्दाले झस्काएको अवस्था छ । न्याय माग्न गएका ठुलो संख्या का परिक्षार्थीले अदालत परिसरमै पलेटी कसेर बसेका थिए ।
पुर्ण इजलास आगामी बिहिवार मात्र बस्ने र लगभग केही बाहेक सबै न्यायाधीस यो बिषयमा कुनै न कुनै आदेश दिएकालेले हेर्न नमिल्ने अवस्था आएकाले यहि पाराले यो मुद्दा बर्सौ जान सक्ने भएको हुदाँ परिक्षार्थीले यसको निकास दिने गरि पहल गर्न अदालत प्रशासनलाई आग्रह गरेको एक परिक्षार्थीले नेपाल प्रेसलाई जानकारी दिए ।
साथै अब आन्दोलनका कार्यक्रम घोषण गरेर अगाडि जाने उनले बताए । लोकसेवा आयोगका अध्यक्ष माधबप्रसाद रेग्मीको भुमिकाप्रती अत्यन्तै असन्तुष्ट परिक्षार्थीले अबको चरणमा लोकसेवा आयोगमा बसेर आफ्नो संबैधानिक र कानुनी दायित्व पूरा गर्न नसक्ने अध्यक्ष रेग्मीको राजीनामा मागेर आन्दोलन गरिने ति परिक्षार्थीले जानकारी दिए ।

Leave a Reply