काठमाडौं । पछिल्लो ३ दिनदेखि सेयर बजारमा निरन्तर वृद्धि भइरहेको छ । आज सेयर बजार १२.५३ अंकले बढेको हो । ०.५० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५२०.२३ अंकमा पुगेको छ ।
साताको अन्तिम दिन आज २ सय २९ कम्पनीको सेयर कारोबार भएको छ । ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रुपैयाँ बराबरको ८३ लाख २३ हजार ९ सय २३ कित्ता सेयर कारोबार भएको हो ।
हिमालयन डिस्टिलरी लिमिटेडको उच्च कारोबार भएको छ । सो कम्पनीको ३६ करोड २४ लाख ८४ हजार ८ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave a Reply