काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (कर्णाली प्रदेश) को मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक परिणाम अनुसार राजीवविक्रम शाह, कर्णबहादुर बुढा र जानकी सिंह विजयी भएका छन् । शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरे ।
पूर्वमन्त्री समेत रहेका ह्दयराम थानी केन्द्रीय सदस्यमा एक मतले पराजित भएका हुन् ।
एकमतले पराजित पूर्वमन्त्री थानीले २१९९ मत ल्याए ।
यस्तै जानकी सिंहले २६२४ मत प्राप्त गर्दा मैना कार्कीले १९५५ मत प्राप्त गरिन् ।


Leave a Reply