संसारका धनी इलोन मस्कले यो वर्ष ११ अर्ब अमेरिकी डलर कर तिर्ने

वासिङ्टन । संसारका सबैभन्दा धनी मानिस इलोन मस्कले यसवर्ष वर्ष ११ अर्ब अमेरिकी डलर कर तिर्ने भएका छन् । ट्वीटरमार्फत उनले यस्तो जानकारी दिएका हुन् । विद्युतीय कार कम्पनी टेस्ला र अन्तरिक्ष यात्रा कम्पनी स्पेसएक्सका संस्थापक मस्क यो वर्षको सुरुमा विश्वका सबैभन्दा धनी व्यक्ति घोषित भएका थिए।

ब्लूमबर्ग बिलीअनेअर इन्डेक्सले मस्कको कूल सम्पत्ति झन्डै साढे दुई खर्ब अमेरिकी डलर रहेको जनाएको छ । टेस्ला १० खर्ब अमेरिकी डलर मूल्य पर्ने कम्पनी हो भने स्पेसएक्सको मूल्याङ्कन एक खर्ब अमेरिकी डलर गरिएको छ।

टाइम म्यागजिनले गतसाता उनलाई वर्षव्यक्ति समेत घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडन धनाढ्य व्यक्तिहरूको कर बढाउन इच्छुक छन्। तर यससम्बन्धी योजना संसद्‌मा अड्किएको छ।

डेमोक्र्याटिक सांसद एलिजाबेथ वारनजस्ता सांसदहरू धनी अमेरिकीको आयमा मात्रै होइन, उनीहरूको सम्पत्तिको बढेको मूल्यमा पनि कर लगाउनुपर्ने पक्षमा छन्। अमेरिकाका धेरै धनी व्यक्तिले सोझो हिसाबले तलब लिँदैनन्।

उनीहरू आफ्नो सम्पत्ति शेअर र अन्य लगानीका रूपमा राख्छन् र ती सम्पत्तिमा ऋण लिन्छन्। मस्कले वारनको ट्वीटको उत्तर दिँदै आफूले अमेरिकी इतिहासमै एक वर्षमा सबैभन्दा धेरै कर तिर्ने बताएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *