‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रसारण हुँदै : दिनेश डीसीसँग जितुले सहकार्य गर्ने

काठमाडौं । फुलन्देकी आमा अर्थात उमेश राईसँग विवाद भएपछि कात्तिकमा बन्द भएको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रसारणमा आउने भएको छ । नेपाल प्रेससँग कुरा गर्दै संचालक जिुत नेपालले सोलाई चाँडै नयाँ ढाँचा र टीमसँग ल्याउने तयारी भैरहेको बताए ।

‘प्रसारणको लागि केही टेलिभिजनसँग कुरा भैरहेको छ । त्यो कुरा तय हुने वित्तिकै प्रसारण मिति टुंगो लाग्छ’ नेपालले भने, ‘अहिले हामीले विभिन्न टिभीसँग छलफल गरिरहेका छौं ।’

सोसँग मिडियाकर्मी तथा निर्देशक दिनेश डीसी पनि आबद्ध हुने जानकारी नेपालले दिए । डीसी अहिले कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरका स्टेसन म्यानेजर समेत छन् । ‘दिनेश दाई आबद्ध त हुनुहुनेछ तर, कुनरुपमा उहाँसँग सहकार्य हुनेछ भन्ने कुरा निधो भैसकेको छैन’ जितुले भने ।

तर, डीसी निर्देशकको रुपमा मुन्द्रेको कमेडी क्लबसँग आबद्ध हुने सम्भावना रहेको निकट स्रोतहरु बताउँछन् । सोमा अभिनेत्री करिश्मा मानन्धर पनि अध्यक्षको रुपमा निरन्तर हुने सम्भावना रहेको जानकारी जितुले दिए ।

अर्कोतर्फ, ‘छक्कापञ्जा ४’ फिल्ममा जोडिनेबारे दीपकराज गिरीको समूहसँग छलफल भैरहेको जानकारी पनि जितुले दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *