घाइते हिरो फर्किएपछि ‘गोर्खा वारियर २’ छायांकन सुचारु

काठमाडौं । भीरबाट खसेर गम्भिर घाइते अभिनेता सुटिङ सेटमा फर्किएपछि अवरुद्ध ‘गोर्खा वारियर २’को छायांकन सोमबारदेखि सुचारु भएको छ ।

गतसाता फिल्मका मुख्य अभिनेता रितेश चाम्स सिन्धुलीमा भइरहेको छायांकनको क्रममा भीरबाट खसेका थिए । उनको घाँटीमा गहिरो चोट लागेको थियो । घाउ केही निको भएपछि उनले सोमबारदेखि नै सुटिङ सेट ज्वाइन गरेका हुन् ।

निर्देशक मिलन चाम्सका अनुसार मेकअपले अभिनेता चाम्सको घाँटीको घाउलाई पुरेर सुटिङ सुचारु गरिएको हो । सिन्धुलीको सेड्युल यसैसाता सकिने भएपनि रितेश घाइते भएपछि ढिलिएको थियो ।

आगामी साता छायांकन दमौलीमा हुने भएको छ । सुटिङ सेटमा फर्कनुअघि अभिनेता चाम्सले नयाँ जीवन पाएको भन्दै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

‘हजुरहरुको आशिर्वादले गर्दा स्वास्थ्यमा सुधार भई सुटिङको काममा फर्किएको छु’ उनले लेखेका छन्, ‘आफूले के पाएँ भन्दा पनि के दिन सकेँ भन्ने कुरा महत्वपूर्ण हुन्छ भन्ने मेरो मान्यता हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *