काठमाडौं । प्रतिनिधिसभाको हिँउदे अधिवेशनको दोस्रो बैठक मंगलबार बस्दै छ ।
भोलि बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल हुने भनिए पनि सम्भावित कार्यसूचीमा भने त्यसलाई राखिएको छैन् ।
एमसीसीबारे साझा धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सत्तारुढ गठबन्धन र सर्वदलीय बैठक राखेका थिए ।
गठबन्धनमा कांग्रेस बाहेका दलहरु एमसीसी परिमार्जनबिना अनुमोदन गर्न नहुने पक्षमा छन् । सर्वदलीय बैठकमा पनि त्यस्तै धारणा आएको थियो ।
गठबन्धनमै एकमत नभएपछि त्यसमा अझैं छलफल गरेर अघि बढ्ने सहमति अनुसार एमसीसीलाई बैठकको कार्यसूची नबनाइएको हो ।
भोलिको बैठकअघि सभामुखले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका छन् ।
प्रमुख प्रतिक्षी एमालेले संसदमा निरन्तर अवरोध गरिरहेको छ । हिजो बसेको सर्वदलीय बैठकले एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेको थियो ।


Leave a Reply