रवीन्द्र मिश्रलाई मिलन पाण्डेको जवाफ – सरी राजतन्त्र मान्न सकिँदैन, पञ्चायतलाई स्वीकार्न सकिँदैन (पूर्ण पाठसहित)

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई संयोजक मिलन पाण्डेले स्पष्टीकरणको जवाफ दिएका छन् ।

पाण्डेले भदौ १७ पछि मिश्रले बोलाएको बैठक र सो बैठकबाट भएका निर्णय अवैधानिक रहेको दाबीसहित निर्वाचन आयोगमा मुद्दा दिइएको भएपनि आफूमाथि केही प्रश्न उठेपछि जवाफ दिएको बताएका छन् ।

स्पष्टीकरणको १५ पृष्ठमा जवाफ दिँदै मिश्रले प्रस्ताव गरेअनुसार राजतन्त्र मान्न नसकिने बताएका छन्।

‘सरी रवीन्द्रजी, तपाईंले प्रस्ताव गरेअनुसार राजतन्त्र मान्न सकिँदैन, पञ्चायतलाई स्वीकार्न सकिँदैन,’ जवाफमा उनले भनेका छन्, ‘धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सकिँदैन । वैकल्पिक राजनीति र लोकतन्त्रलाई दरबारमा चढाउन सकिँदैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *