युद्ध लड्ने कहाँ छन् पत्तो छैन, गणतन्त्रले घुँडा टेक्यो : राप्रपा उपाध्यक्ष पाण्डे

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेले गणतन्त्रले घुँडा टेकेको जीकिर गरेका छन् ।

उपाध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुगेका पाण्डेले गणतन्त्रको फाइदा सिमित नेताहरुले लिएको जीकिर गरे ।

‘गणतन्त्रले घुँडा टेकेको छ, गणतन्त्रको नेतृत्व लिनेहरुले आफ्नालाई मात्र अवसर दिए’, उनले भने, ‘युद्ध लडेका कहाँ छन पत्तो छैन, बेपत्ता भएका, अंगभंग भएकाको खोजि छैन ।’

उनले देशमा आएको भनिएको परिवर्तन भाषणमा मात्र सिमित भएको जीकिर गरे ।

राप्रपा चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले भने, ‘कुनै पार्टी लेलिनवाद, माओवाद हुन पाउने, नेताहरु विभिन्न वाद हुन पाउने, तर देशमा पृथ्वी नारायण शाह वाद हुन नपाउने ? राष्ट्रवाद हुन नपाउने ?’ उनले राप्रपाले राष्ट्रको जिम्मेवारी नलिए देश ठूलो संकटमा फस्ने दावी गरे ।

उनले आगामी चुनावमा राप्रपालाई जिताउन संगठन मजबुत बनाउनुपर्ने बताए ।

राप्रपा चितवनका अनुसार २ सय बढी युवाहरु अन्य दल परित्याग गरि राप्रपामा प्रवेश गरेका छन ।

राप्रपाको महाधिवेशनमा सर्वाधिक मत ल्याएर उपाध्यक्षमा निर्वाचित पाण्डेलाई भरतपुर र चनौलीमा कार्यकर्ताले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *