बिहेको प्रलोभन देखाएर बालिकालाई पटक-पटक बलात्कार गर्ने किशोर पक्राउ

जनकपुरधाम । बिहेको प्रलोभन देखाएर १६ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ नगवा टोलका १९ वर्षीय नितेश कुमार महतो रहेका छन् । पीडित बालिकाका अभिभावकले दिएको उजुरी आधारमा महतोलाई नगवा टोलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बालिकालाई १ महिनादेखि बारम्बार फोन गरी मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा बलात्कार गरेको आरोप पक्राउ परेका महतोमाथि लागेको छ । मंसिर २३ मा कलेज पढन जाने क्रममा बालिकालाई बहुदरमाई नगरपालिका ४ स्थित आफ्नो दिदीको घर लगेर महतोले बलात्कार गरेको पनि प्रहरीले जनाएको छ ।

महतोमाथि प्रहरीले जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *