मिलन पाण्डेलाई विवेकशील साझाले साेध्याे स्पष्टीकरण, जवाफ नदिए कारबाही गर्ने

काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको छ। बुधबार बसेको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेसँग स्पष्टीकरण सोध्न निर्णय गरेको हो।

स्पष्टीकरण पत्रमा पार्टीमा समानान्तर गतिविधि चलाएको, निर्वाचन आयोग र सञ्चार माध्यममा भ्रमपूर्ण सूचना प्रवाह गरेको लगायत विषय समेटिएको छ। त्यस्तै दुई तिहाइभन्दा बढी सदस्यले अनुमोदन गरेका निर्णय अस्वीकार गरेको आरोप समेत लगाइएको छ।

४ पुसभित्र स्पष्टीकरणको जवाफ दिन भनिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *