फेसबुकमा कमेन्ट अफ गरेर सिंहले दिए देउवालाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाईज्ञापन गरेका छन् । आफ्नोसमेत समर्थनमा देउवा निर्वाचित भएपछि सिंहले फेसबुकमार्फत बधाई दिएका हुन् ।

सिंहले राखेको बधाई पोष्टमा कमेन्ट गर्न नमिल्ने बनाइएको छ । संस्थापनइतर नेता सिंहले देउवालाई समर्थन गर्ने क्रममा अवाञ्छित लेनदेन गरेको भन्दै आलोचना भएको थियो । सम्भवत: नकारात्मक प्रतिक्रियाको सामना गर्नुपर्ने डरले उनले कमेन्ट अफ गरेका हुन् ।

सिंहलाई उपप्रधानमन्त्री बनाउने सम्झौता गरेर देउवाले उनको समर्थन हासिल गरेको समाचार सञ्चारमाध्यममा आएका थिए ।

Comments

One response to “फेसबुकमा कमेन्ट अफ गरेर सिंहले दिए देउवालाई बधाई”

  1. Madhav Poudel Avatar
    Madhav Poudel

    बिचरा नेपाली जनतालाई भेडा भन्ने सर्वमान्य नेता गणेशमान सिंह यति बेला आफ्ना पुत्रलाई के भन्दै हुनुहुन्छ होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *