काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचन दोस्रो चरणमा जान लागेका बेला विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच छलफल हुने भएको छ । दोस्रो चरणमा शेरबहादुर देउवा वा शेखर कोइरालामध्ये कसलाई सघाउने भन्नेबारे दुई नेता भेटेरै सल्लाह हुने निधिनिकट स्रोतले जनाएको छ ।
यसैबीच पहिलो चरणको नतिजा सार्वजनिक भएलगत्तै निधिले प्रकाशमानलाई टेलिफोन गरेका छन् । निधिले नेतृत्व परिवर्तनका पक्षमा आफूहरु एकजुट हुनुपर्ने बताएको स्रोतले जनाएको छ । निधिले यसअघि नै दोस्रो चरणमा देउवाविरुद्ध आफूहरु एकठाउँमा उभिने बताएका थिए ।

Leave a Reply