काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अब १ हजार मत खस्न बाँकी रहेको छ ।
निर्वाचन समितिले दिएको पछिल्लो जानकारी अनुसार ३ हजार ६ सयभन्दा बढी मत खसिकेको छ ।
४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेको निर्वाचमा ४ हजार ६ सय मत खस्ने अनुमान छ । निर्वाचन समितिले मतदानका लागि ९ बजेसम्मको समय तोकेको समय फेरि बढाईएको छ ।
कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार ९ बजेसम्मलाई निर्धारण गरिएको मतदानको सयम १० बजेसम्मलाई बढाइएको हो ।

Leave a Reply