पूर्वावश्यक पाठ्यक्रमको परीक्षा पुस पाँचदेखि हुने

काठमाडौं । पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेबाट १० गतेसम्म गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वा त्यसबाट मान्यता प्राप्त संस्थाबाट स्वस्थ्य विज्ञान विषयमा तीन वर्षे प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका परीक्षार्थीको पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षाको परीक्षा सञ्चालन गर्न लागिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बोर्डले पुर्वावश्यक परीक्षा केन्द्र काठमाडौंको कागेश्वरी नगरपालिका वडा नम्बर नौ मनोहराग्रामा रहेको गान्धी आदर्श माध्यामिक विद्यालय तोकेको छ ।

परीक्षा कार्यक्रम अनुसार परीक्षामा सहभागि नहुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने र परीक्षाका लागि चाहिने ग्राफपेपर, चार्टजस्ता सामग्री परीक्षार्थी स्वयं आफैले ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । यस्तै परीक्षा केन्द्रमा मोवाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको वोर्डले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *