काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतदानमा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ । मतदानको तस्वीर लिन मतदानस्थल पुगेका फोटो पत्रकारहरुलाई प्रहरीले प्रवेश दिएको छैन ।
रिपोर्टिङका लागि पुगेका फोटो पत्रकारहरुले प्रवेश नपाएपछि ‘क्यामेरा डाउन’ गरेका छन् । स्थलगत रिपोर्टिङमा अवरोध भएपछि उनीहरुले सडकमै सञ्चारसामाग्री राखेर धर्ना दिएका हुन् ।


Leave a Reply