अखिल क्रान्तिकारीले बनायो केन्द्रीय समिति, अध्यक्ष बाहेकका पदाधिकारी अझै खाली (सूचीसहित)

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी)ले केन्द्रीय समितिको टुंगो लगाएको छ। २२ औं राष्टिय सम्मेलन अध्यक्ष मात्रै चयन गर्दै गत असोजमा सकिएको थियो।

विवादका कारण पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउन नसकेपछि अन्य प्रक्रिया अवरुद्ध भएको थियो। माओवादी केन्द्रको स्थायी समितिको निर्देशन अनुसार फयाक्सन इन्चार्ज हितमान शाक्य र निर्वतमान अध्यक्ष रञ्जित तामाड सहितको उपस्थितीमा केन्द्रीय समिति टुग्गो लगाइएको हो।

अध्यक्ष पञ्चा सिंहका अनुसार १ सय ९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय आयोगका सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरु र प्रदेश पदाधिकारीहरु चयन गरिएको छ। तर, पदाधिकारी चयन गर्न अझैं बाँकी छ।

हेर्नुहोस् जिम्मेवारी पाउनेहरुको सूची :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *