माओवादीको लुम्बिनी प्रदेश सदस्यमा २१७ जना चयन, पदाधिकारी तोक्न बैठक बस्दै

दाङ। नेकमा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समिति गठन भएको छ। शनिबार शुरु भएको लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २१७ सदस्यीय समिति निर्विरोध चयन गरेको हो।

लुम्बिनी प्रदेश अध्यक्षका लागि प्रदेश सांसद दिपेन्द्र पुन ‘सिजल’, प्रदेश कार्यालय सचिव तथा पूर्वमन्त्री सुदर्शन बराल र राष्ट्रिय सभा सदस्य, अहिलेका सचिव जगप्रसाद शर्मा ‘अपार’ अन्तिम दौडमा छन् ।

तर, अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएकाले साबिक प्रदेशकै सदस्यबाट पदाधिकारी बन्ने संभावना रहेको बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *