माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ

पोखरा । नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छिन् । शनिबारदेखि पोखरामा जारी अधिवेशनले सोमबार बिहान गुरुङलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । गुरुङ गण्डकी प्रदेशसभा सांसद पनि हुन्।

आकांक्षीहरू धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट अध्यक्ष तोकिएको हो । २८ सदस्य पछि थप्ने गरी २२९ सदस्यीय समिति चयन गरिएको हो।

दीपक कोइराला, निवर्तमान अध्यक्ष हरिराज अधिकारीलगायत अध्यक्षको दाबेदार थिए। प्रदेश समितिको दोस्रो बैठकमा उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारी तोक्ने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *