म्याकेन्जी स्कट विश्वकै शक्तिशाली महिला घोषित, कमला ह्यारिस दोस्रो स्थानमा

काठमाडौं । अमेजन कम्पनीका मालिक जेफ बेजोसकी पूर्वपत्नी म्याकेन्जी स्कट विश्वकै शक्तिशाली महिला घोषित भएकी छिन् । प्रतिष्ठित फोब्र्स म्यागजिनले सार्वजनिक गरेको यसवर्षको सूचीमा उनी शीर्षस्थानमा छिन् ।

बेजोस र म्याकेन्जीले यसैवर्ष २५ वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य सन् २०१९ को मध्यमा अन्त्य गरेका थिए । डिभोर्सपछि म्याकेन्जीले अमेजन कम्पनीको २५ प्रतिशत हिस्सा प्राप्त गरेकी थिइन् ।

सूचीको दोस्रो स्थानमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, तेस्रोमा युरोपेली केन्द्रीय बैंककी प्रमुख क्रिस्टिन लेगार्ड, चौंथोमा जनरल मोटर्सकी सीइओ म्यारी बारा छिन् ।

पाँचौंमा बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा अमान्डा गेट्स, छैटौंमा फेडिल्टि इभेन्सटमेन्टकी सीइओ अभिगेल जोन्सन, सातौंमा सान्टान्डर कम्पनीकी अध्यक्ष अन्ना पेट्रिसिया बोटिन, आठौंमा युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लिएन, नवौंमा ताइवानकी राष्ट्रपति साइविङ वेन र दसौंमा एसेन्चुएरकी सीइओ जुली स्वीट छिन् ।

ओफ्रा विन्फ्रे २३ नम्बरमा, न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेन ३४ नम्बरमा, भारतीय अर्थमन्त्री निर्मला सीतारमण ३७ नम्बरमा, बंगलादेश प्रधानमन्त्री शेख हसिना वाजेद ४३ नम्बरमा छन् ।

गायिका रिहाना ६८ औं स्थानमा, बेलायती महारानी एलिजाबेथ द्धितिया ७० औं स्थानमा, बियोन्से ७६ औं नम्बरमा, टेलर स्वीफ्ट ७८ नम्बरमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *