अनेरास्ववियुले संगठन विस्तार र सदस्यता वितरण अभियान सुरु

रुपन्देही । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले संगठन विस्तार र सदस्यता वितरण अभियान सुरु गरेको छ ।

सांगठनिक रुपमा कमजोर रहेका तराईका क्षेत्रका संगठन बिस्तार गर्ने उदेश्यले अनेरास्ववियु केन्द्रीय संगठन विभागले महाअभियान काठमाण्डौंमा त्रिचन्द्र क्याम्पस र रुपन्देहीबाट सुरु गरेको हो ।

काठमाडौंमा पार्टी महासचिव शंकर पोखरेलले शुभारम्भ गरेका थिए भने रुपन्देहीमा पार्टी केन्द्रीय सदस्य तथा संगठनका पूर्वअध्यक्ष खिमलाल भट्टराईले शुभारम्भ गरेको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेले जानकारी दिए ।

तराई मधेस क्षेत्रबाट रुपन्देहीले पहिलोपटक अभियान शुरु गरेको उनको भनाइ छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ स्थित जोगडा माध्यमिक विद्यालयबाट महाअभियान सुरु गरिएको थियो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराईले अभियानको शुरुवात गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेता भट्टराई तराई क्षेत्रमा अब विद्यार्थीको हकहित र शिक्षालाई गुणस्तर बनाउन पहेदार गर्न अनेरास्ववियु उदाएको बताए ।

अहिले पनि विद्यार्थीहरु आवश्यक शिक्षाबाट बञ्चित भएको बताउँदै उनले शिक्षाको विकास संगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले महाअभियान सुरु गरेको बताएका थिए ।

जोगडा माध्यमिक विद्यालयबाट सुरु भएको महाअभियान रुपन्देहीका क्याम्पस तथा माध्यमिक विद्यालयमा केन्द्रीत हुने र २५ हजार विद्यार्थी सदस्यता बनाउने गरी महाअभियानको सुरु गरिएको अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले सहरमा मात्र नभई गाउँगाउँमा अनेरास्ववियु विगुल फुक्न निस्केको बताए ।

कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिति सदस्य राजु बेलाल, अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय सचिबालय सदस्यहरु बालकृष्ण पाण्डे, लेखनाथ भुसाल, केन्द्रीय सदस्यहरु नविन थापा सारु, कृष्णप्रसाद बस्याल, सिमा घिमिरे, साजन भण्डारीलगाएतले बोलेका थिए ।

महाअभियानको सुरु गरिएको जोगडा माध्यमिक विद्यालयमा २ सय १० सदस्यीय संगठन विस्तार गरिएको बताइएको छ ।

Comments

One response to “अनेरास्ववियुले संगठन विस्तार र सदस्यता वितरण अभियान सुरु”

  1. ksp pyl Avatar
    ksp pyl

    महान कामकाे लागि बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *