कमल थापा पक्षको माग- निर्मल निवासको हस्तक्षेपबारे छानबिन समिति बनाइयोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै कमल थापा पक्षधरले पार्टीले त्यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्य राजाराम बर्तौलाले निर्मल निवासले नांगो हस्तक्षेप गरेको जिकिर गरेका छन् । उनले भने, ‘राप्रपा महाधिवेशनको क्रममा निर्मल निवासको नांगो हस्तक्षेपको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्दछ । यसबारे स्पष्ट पार्नको निमित्त तत्काल पार्टीले छानबिन समिति बनाओस् ।’

अध्यक्षमा पराजित कमल थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेतृत्व चयनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभ-कामना’, उनको भनाइ थियो ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले भने राप्रपाको आन्तरिक निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण कुरा भएको बताएका छन् ।

अध्यक्ष निर्वाचित भएपछि आज पदभार ग्रहण गर्ने क्रममा लिङदेनले भने, ‘यो एकदमै दुर्भाग्यपूर्ण कुरा हो । यसले महाधिवेशन प्रतिनिधिहरूप्रति अविश्वास भएको छ ।’

Comments

One response to “कमल थापा पक्षको माग- निर्मल निवासको हस्तक्षेपबारे छानबिन समिति बनाइयोस्”

  1. kamal Avatar
    kamal

    निर्मल निवासको हस्तक्षेपको बारेमा छलफल गर्दै निर्मल निवाससँग जवाफ माग्नुपर्छ भन्ने केही नेताहरूले आवाज उठाइरहेको बेला म चै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई त्यो भन्दा अगाडी बिशेष समिति बनाएर २०४७ यता राप्रपाबाट मन्त्री भएका ब्यक्तिहरुको सम्पत्ति छानबिन गर्नको लागि सर्वसाधारण नागरिकको नाताले जोडदार माग राख्दछु पन्चायतकालदेखी आजसम्म मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भन्दै निरन्तर आवाज उठाउदै आउनुभएका राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि राप्रपा भित्रै पनि केही ब्यक्तिहरु आत्तिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *