शेखर–सुजाताले भोट नहाल्दा गुरु घिमिरे पराजित, पुनः मतगणनाका लागि निवेदन

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा पराजित नेता गुरुराज घिमिरेलाई प्रस्ताव गर्ने नेताहरुले नै मत नदिएको खुलेको छ ।

घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाउन प्रस्ताव गर्ने संस्थापनइतर समूहका केन्द्रीय नेताहरु डा. शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले नै मतदान नगरेको पाइएको हो ।

सभापतिमा घिमिरे उद्धव थापासँग २ मतले पराजित भएका छन् । संस्थापन इतर समूहका नेताहरु मतदानमा सहभागि भएको भए नतिजा फरक पर्न सक्ने थियो ।

कांग्रेस केन्द्रीय सदस्य रहेका उनीहरु स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा मतदाता रहेका थिए । प्रदेश १ मा फराकिलो अन्तरले जित्ने आँकलन गर्दै केन्द्रीय नेताहरु मतदान गर्न नगएको बताइन्छ ।

‘शेखरदाई सुजाता दिदीहरुले नै मताधिकार प्रयोग नगरेपछि कसरी चुनाव जितिन्छ ?’, मोरङका एक कांग्रेस नेताले भने ।

२ मतले पराजित भएपछि घिमिरेले पुनः मतगणनाका लागि निर्वाचन समितिमा निवेदन दिएका छन् ।

Comments

One response to “शेखर–सुजाताले भोट नहाल्दा गुरु घिमिरे पराजित, पुनः मतगणनाका लागि निवेदन”

  1. अनुशा चुडाल Avatar
    अनुशा चुडाल

    आफ्नै समूहले भोट नहाल्ने अनि आफै निबेदन दिने?योत हास्यास्पद भएन र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *