प्रेस सेन्टरको केन्द्रीय समिति घोषणा, पदाधिकारी निर्वाचनबाट टुंग्याइने

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको घोषणा भएको छ ।

हिजोदेखि चितवनमा शुरु भएको सेन्टरको चौथो महाधिवेशनमा १ सय ९१ केन्द्रीय सदस्यको घोषणा भएको हो ।

प्रेस सेन्टरको केन्द्रीय समिति १ सय ९९ जनाको हुने छ। बाँकी केन्द्रीय सदस्य मनोनय गरिनेछ । पदाधिकारीमा भने निर्वाचन हुने भएको छ ।

अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’लाई बनाउने लगभग सहमति भए पनि अन्य पदाधिकारीका दावेदार धेरै भएपछि चुनाव गर्न लागिएको हो ।

महाधिवेशनमा सहभागि पत्रकार वीरेन्द्र ओलीले केन्द्रीय सदस्यले मतदा गरेर पदाधिकारी चयन गर्ने र त्यसका लागि मनोनय दर्ता शुरु भएको जानकारी दिए।

प्रेस सेन्टरको यो महाधिवेशनबाट पहिलो पुस्ताका संस्थापक नेताहरु महेश्वर दाहाल, ओम शर्मा, गोविन्द आचार्य, खिलवहादुर भण्डारी, संगीता खड्का, बलराम थापा लगायत विदा भएका छन् । नेतृत्वमा युवा दाबेदार थपिएका छन् ।

अध्यक्षपछिको वरिष्ठ उपाध्यक्षका लागि लक्ष्मी पुन, ओपेन्द्र शर्मा र शन्तोष पौडेल लगायतको दावी छ ।

महासचिवमा मोनज घर्तीमगर, त्रिभुवन पौडेल, ध्रुव बुढाथोकी, दयानिधी भट्ट, बबिन शर्मा र रामकृष्ण अधिकारीले पनि दावी गरेका छन् ।

अध्यक्षमा भने सापकोटालाई बनाउन प्रचण्डले निर्देशन दिइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *