अनसनरत तारा बरालको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनसनरत तारा बरालको जीवन रक्ष गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगको टोलीले स्थलगत अनुगमन गर्दै अनसनरत बरालको वीर अस्पतालमा उपचार भइरहेकोमा निजको स्वास्थ्य स्थिती थप जटिल अवस्थामा पुगेको आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।

आयोगले अनसनरत बरालको जीवन रक्षाको लागि सम्बन्धित सबै पक्षसँग अपिल गर्नुका साथै जीवन जोखिममा राखेर अनसन नबसी आफ्ना मागलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण श्रृजना गर्न बराललाई पनि आग्रह गरेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव लोकनाथ बास्तोलाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

गत कात्तीक ३० गतेदेखी सर्वोच्च अदालतलाई पूर्ण रुपमा तत्काल सुचारु गर्नुपर्ने, नेपाल बार एशोसिएशन कार्यालय अगाडी प्रदर्शन गर्दा महिला माथि र्दुव्यवहार गरी अपशब्द बोल्ने वकिललाई कारवाही गर्नुपर्ने, एमसीसी परियोजना खारेज गर्नुपर्ने र नागरिकता विधेयक पूर्ण रुपमा खारेज गर्नुपर्ने माग राख्दै बराल आमरण अनसनमा बसिरहेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *