कांग्रेस बागमती प्रदेश सभापतिका लागि पुनः मतदान हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि पुनः मतदान हुने भएको छ।

शनिबार सम्पन्न निर्वाचनमा सभापतिका तीनजना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान हुने भएको हो।

पहिलो चरणमा संस्थापन पक्षका ईन्द्रबहादुर बानियाँले ९ सय ९२ , पौडेल पक्षका जगदिश्वर नरसिंह केसीले ८ सय ७२ र सिटौला पक्षका भीमसेनदास प्रधानले १ सय ९७ मत ल्याए ।

दोस्रो चरणमा अब बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *