ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

रुपन्देही । पाल्पाको तानसेन नगरपालिका–९ दमकडाँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार दमकडाँस्थित देउरालीबाट दाउरा लोड गरी दमकडाँतर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दमकडाँका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले बताए ।

उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी सहचालक बगनासकाली गाउँपालिका–२ का २१ वर्षीय हिरा कुमाल घाइते भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *