माइत हिँडेकी सरस्वती एक महिनादेखि वेपत्ता

रुपन्देही । नवलपुर, कावासोती-१६ डण्डाकी २१ वर्षीया सरस्वती कार्की वेपत्ता भएको एक महिनाभन्दा बढी भइसक्दा पनि पत्तो नलाग्दा परिवार चिन्तित छन् ।

गत कार्तिक १२ गते आफ्नो घर कावासोती १६ डण्डाको गैरीगाउँबाट माइत जान्छु भन्दै हिँडेकी सरस्वती अहिलेसम्म फेला परेकी छैनन् ।

तीन वर्ष अगाडि विवाह भएकी सरस्वती हराएको खबर स्थानीय प्रहरी तथा सबै आफन्तलाईं जानकारी गराइए पनि कतैबाट केही खबर नआएको उनका बुवा रविन कार्कीले बताए ।

‘घरबाट माइत जान्छु भन्दै हिँडेकी हुन् रे तर यता पनि आएकी छैनन्, घरमा पनि गएकी छैनन्, घरतिरबाट पनि खोजी भैरहेको छ तर अवस्था केही पत्ता लागेन,’ कार्कीले भने । छोरीको विवाह गरेको ३ वर्ष भएको उनले बताए ।

‘सधैं मोबाइल लिएर हिँड्ने गर्दथिन् त्यो दिन मोवाइल पनि घरमै छोडेर हिँडेकी रहिछन्, इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दिएका थियौं, धेरै पटक सोध्न पनि गयौं प्रहरीले भेटिएको छैन भन्छ,’ उनले थपे ।

कतै भेटिएमा आफ्नो नम्बर मोबाइल ९८०४४७१६२२ मा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *