अर्चना गहतराज : जसले पहिले राज्यमन्त्री छाडिन्, अहिले केन्द्रीय सदस्य

चितवन । नेकपा एमालेको खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी अर्चना गहतराजले फिर्ता लिएपछि बाँकी उम्मेदवार सर्वसम्मत भएका हुन् ।

गहजतराज नेकपामा विवाद हुँदा माधवको पक्षमा थिइन् । सुदूरपश्चिम प्रदेश सभासदस्य रहेकी गजतराज पूर्वअर्थ राज्यमन्त्री हुन् । पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादी तर्फ सनाखत नगरेपछि उनले पदबाट राजीनामा दिएकी थिइन् ।

उनी प्रदेश कमिटी सदस्यपनि हुन् । ‘म प्रदेश कमिटी सदस्य पनि छु । धेरै सिनियर नेताहरु हुनुहुन्छ । त्यसैले म बाधक नबनेर उम्मेदवारी फिर्ता लिएकी हुँ’, उनले भनिन्, ‘पार्टी नै ठूलो कुरा हो हो । हिजो मन्त्री छोडे आज केन्द्रिय सदस्य त के हो र ?’

Comments

2 responses to “अर्चना गहतराज : जसले पहिले राज्यमन्त्री छाडिन्, अहिले केन्द्रीय सदस्य”

  1. ksp pyl Avatar
    ksp pyl

    तिमी महान छाै । केन्द्रीय सदस्य भन्दा धेरै माथि ।

  2. Guru Prasad Poudel Avatar
    Guru Prasad Poudel

    You are absolutely right

Leave a Reply

Your email address will not be published. Required fields are marked *