सेयर बजार घट्नेक्रम जारी, नेप्से २१.५१ ले घट्दा ४ अर्बमात्रै कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा घट्नेक्रम जारी नै रहेको छ । आज सेयर बजार परिसूचक नेप्से २१.५१ अंकले घटेर २६२९.९७ बिन्दुमा कारोबार बन्द भएको छ । २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेमा करिब ४ अर्ब रुपैयाँ बाराबरको सेयर कारोबार भएको छ ।

यसैगरी १३ वटा समूहगत उपसूचकमध्ये जलविद्युत समूह र सामूहिक लगानी समूहबाहेक अन्य सबै समूहगत सूचांक घटेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको ११७ अंकले घटेको छ । यसैगरी नीर्जीवन बीमा समूहको ७६.६८ अंक, होटल तथा पर्यटन समूहको ७३.३ अंक, विकास बैंक समूहको ६७.४४ अंक, उत्पादन तथा प्रसोधनमुलक समूहको ६१.९५ अंक, अन्य समूहको ४१.१३ अंक, लघुवित्त वित्तीय समूहको ४०.८३ अंक, वित्तीय समूहको ३२.६७ अंक र बैंकिङ समूहको १०.८९ अंकले सेयर कारोबारमा गिरावट आएको छ । नेप्सेमा गिरावट आएपनि न्यादी जलविद्युत कम्पनी र सामलिङ जलविद्युत कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

आज करिब २१ प्रतिशत लाभांश घोषणा गरेको महालक्ष्मी विकास बैंकले ६१ करोड ४ लाख रुपैयाँको सेयर कारोबार गर्दै कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *