पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्थामा छौँ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञावालीले दिनभरको आफूहरूको छलफलमा कुरा मिल्यो भन्ने अवस्था उन्मुख रहेको बताएका छन्

कमिटीको सर्वसम्मत सूचिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञावालीले छलफल सकरात्मक रहेको बताएका छन् ।

सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञावालीले भने, ‘हामी कुरा मिल्यो भन्ने अवस्थामा छौं । अहिले यत्ति भनौं ।’

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुनसकेको छैन ।

यसअघि माइकिङ गरेर बेलुकी ७ बजे सुरु हुने भनिएको बन्दसत्र अब ८ बजे सुरु हुने भनिएको थियो । तर, साढे ८ बजिसक्दा पनि बन्दसत्र सुरु हुनसकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *