चितवन । नेकपा एमालेका नेता महेश बस्नेतले नेतृत्व चयनको विषय टुंगोमा पुगेको बताएका छन ।
अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निस्किएपछि पत्रकारहरुसँग छोटो कुराकानी गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
उनले भने, ‘सहमति टुंगिसकेको छ । सहमितमा सबै विषय टंगिएर र्यापिङ गर्न बाकी रहेको छ ।’
नेता बस्नेतले के के विषयमा सहमति भयो र के के विषय बाँकी छन् भन्ने विषयमा भने बोल्न चाहेनन् ।
अहिले केही बेरपछि एमालेको बन्दसत्र सुरु हुँदैछ । अहिले नेताहरु छलफलबाट निस्केर बन्दसत्रका लागि हलतर्फ हिँडेका छन् ।

Leave a Reply