काठमाडौं । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बाहिर हल्ला आएजस्तो आफूले कुनै शर्त राखेर नेतृत्व चयनमा अप्ठेरो नपरेको प्रष्ट प्रष्ट पारेका छन् ।
आइतवार साँझ नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले एमालेको नयाँ नेतृत्व सर्वसम्मतिबाट प्राप्त हुने बताए । उनले अहिले अध्यक्ष केपी शर्मा ओली अन्तिम गृहकार्यमा रहेको जानकारी दिए ।
नेम्वाङले भने– अहिले अध्यक्षले गृहकार्य गरिरहनुभएको छ, त्यसबाट सर्वसम्मत नेतृत्व आउँछ । मैले शर्त राखेको भन्ने कुरा पत्रकार साथीहरुले माया गरेर लेख्नुभएको होला । म सर्वसम्मत नेतृत्व चयनको पक्षमा छु ।

Leave a Reply