संस्कृतको श्लोक लेख्दै घनश्यामले गरे लडाईं लड्ने कुरा

काठमाडौं । एमालेमा सर्वसम्मतरुपले नयाँ नेतृत्वको चयन गर्ने प्रयास जारी छ । केही नेताहरुले भने विभिन्न पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्, जसमध्ये एक हुन् सचिव घनश्याम भुषाल ।

उपाध्यक्ष पदका आकांक्षी भुषाल अन्तिम समयमा आफ्नो घोषणाबाट फिर्ता हुन सक्ने अनुमान पनि गरिएको छ । पार्टीले हिजो पदाधिकारी संख्या थपेपछि उनलाई समेटिने आशा शुभचिन्तकहरुले गरेका छन् । तर, भुषालले भने सामाजिक सञ्जालमार्फत चुनाव लड्ने संकत देखाएका छन् ।

ट्विटरमा एउटा संस्कृति श्लोक लेख्दै भुषालले यस्तो संकेत गरेका हुन् ।

उनले लेखेको श्लोक यस्तो छः
सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।। ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।
यस श्लोकको अर्थ हुन्छ– जय–पराजय, लाभ–हानी र सुख–दुखलाई समान सम्झिँदै युद्धका लागि तयार बन । यसरी युद्ध लड्दा पाप लाग्दैन । के भुषालले पार्टीको चुनावलाई यस्तै लडाईंका रुपमा लिएका हुन् त ? धेरैले यही आशंका प्रकट गरेका छन् ।

Comments

2 responses to “संस्कृतको श्लोक लेख्दै घनश्यामले गरे लडाईं लड्ने कुरा”

  1. shyam rimal Avatar
    shyam rimal

    संस्कृत

  2. दिल बहादुर बिष्ट Avatar
    दिल बहादुर बिष्ट

    अहिलेसम्म सम्म को राज निती अवस्था हेर्दा ठिक ठाक नै थियो तर अब भने राजनीतिले चरम बिन्दु पार गरी रहेको। क्रान्तिलाई जोर दिनै पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *