स्थानीय तहबाटै मतदाता नामावली संकलन हुने, जुनसुकै स्थानबाट फोटो खिचेर नाम समावेश गर्न सकिने

काठमाडौ । अब देशभरका सबै स्थानीय तहका केन्द्रबाटै मतदाता मतदाता नामावली संकलन हुने भएको छ । जुनसुकै स्थानमा बसेकाले पनि नामावलीमा आफ्नो नाम समावेश गर्न सक्ने भएका छन् ।

यसअघि आयोगले ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली संकलन गर्दै आएको थियो ।

निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गरेर मंसिर १५ देखि सबै सबै स्थानीय तहका केन्द्रबाट मतदाता नामावली संकलनसम्बन्धी विशेष कार्यक्रम अभियानको रूपमा सुरू गर्ने बताएको छ ।

अब आफ्नो स्थायी जिल्लाबाहिर रहेकाले पनि आफू रहेकै स्थानबाट नाम दर्ता गर्न पाउने भएका छन्। ‘विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकहरूलाई समेत सहज रूपमा मतदाता दर्ता प्रकृयामा सहभागी गराउन मिति २०७८/८/१७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत मतदाता नामावली संकलन कार्य शुरू हुने’ आयोगले बताएको छ।

हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा नामावली संकलन १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेश तथा काठमाण्डौ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

मतदाता नामावली संकलनका लागि देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुने पनि आयोगले बताएको छ। । यो कार्यक्रमबाट देशभर करिव १० लाख मतदाता थप हुने अनुमान अयोगको छ ।

Comments

One response to “स्थानीय तहबाटै मतदाता नामावली संकलन हुने, जुनसुकै स्थानबाट फोटो खिचेर नाम समावेश गर्न सकिने”

  1. Dyam Narayan sapkota Avatar
    Dyam Narayan sapkota

    Sarkar!
    Bidesh bishes gari gulf country ma hune Nepali harulai Pani yo
    Subodh Dinaa sake hunthyo ki?

Leave a Reply

Your email address will not be published. Required fields are marked *