काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको केन्द्रीय कार्यालयका सबै कक्षहरु व्यस्त रहेकाले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नु परेको बताएका छन् ।
उम्मेदवारी घोषणाअघि पत्रकार सम्मेलनमा रावलले महत्वपूर्ण घोषणा पार्टी कार्यालयबाटै गर्न चाहे पनि सम्भव नभएको बताए ।
रावलले भने, ‘पार्टी केन्द्रीय कार्यालय थापाथलीबाटै घोषणा गर्न लागेको थिएँ, तर महासचिवबाट महाधिवेशनको व्यस्तताले गर्दा त्यहाँ भएका सबै कक्षहरु खाली छैनन् भन्ने जानकारी प्राप्त भएपछि यो महत्वपूर्ण विषयको घोषणा रिपोर्टस क्लवबाट गर्नुपरेको हो ।’

Leave a Reply