काठमाडौं । नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा जनसहभागिता जुटाउन ६३ सदस्यीय जनपरिचालन कमिटी गठन गरेको छ ।
मूल व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सुरेन्द्र पाण्डे संयोजक र खिमलाल भट्टराई सचिव रहनेगरी विभिन्न जनसंगठन र प्रदेशका नेताहरू समेटेर जनपरिचालन कमिटी गठन गरेको हो ।
कमिटीका सहसंयोजकहरूमा आनन्द पोखरेल, प्रभु साह र लीला गिरी छन् भने स्थायी कमिटीका सदस्यहरुसहितको टिमलाई सदस्यमा राखिएको छ ।


Leave a Reply