ललितपुर महानगरका सबै वडामा माओवादीको नयाँ नेतृत्व (सूचीसहित)

काठमाडौैं । राष्ट्रिय महाधिवेशन प्रक्रियाअनुसार नेकपा (माओवादी केन्द्र) को देशव्यापी वडा अधिवेशनअन्तर्गत ललितपुर महानगरका सबै वडामा शनिबार अधिवेशन सम्पन्न भएको छ ।

माओवादी केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालका अनुसार सम्मेलनबाट महानगर समितिका २९ वडामै नयाँ नेतृत्व चयन भएको छ।

ललितपुर महानगरको १ नम्बर वडामा श्याम तण्डुकार, २ मा बद्री तण्डुकार र ३ मा सरोज महर्जन चुनिएका छन् । ४ नम्बर वडामा आशिष बस्नेत, ५ मा अनिल श्रेष्ठ, ६ मा धर्मलाल महर्जन, ७ मा राजेन्द्र महर्जन र ८ मा धर्म महर्जन चुनिएका छन् ।

९ नम्बर वडामा राजमान अवाले, १० मा सुरेश श्रेष्ठ, ११ मा सुरेश महर्जन, १२ मा नानीछोरी महर्जन, १३ मा रमेश कोइराला, १४ मा दुर्गा देवान, १५ मा राजु नेपाल र १६ मा नरेश महर्जन चुनिएका छन् ।

१७ नम्बर वडामा रत्न महर्जन, १८ मा विदूर खड्का, १९ मा ज्ञानेन्द्र बज्राचार्य, २० मा चिरण महर्जन, २१ मा धर्मराज डंगोल, २२ मा देवेन्द्र शाक्य, २३ नम्बर वडामा राजेश महर्जन, २४ नम्बर वडाको अध्यक्षमा पुरुषोत्तम खड्का, २५ मा सानुबाबु थापा, २६ मा राजु महर्जन, २७ मा कृष्णहरि महर्जन, २८ मा अशोक महर्जन र २९ वडामा पुष्परत्न महर्जन वडाअध्यक्ष चुनिएका छन् ।

दाहालका अनुसार ललितपुरको ७१ वटै वडामा सम्मेलन गरेर माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *