प्रभु साहको क्षेत्रमा माओवादीको शक्ति प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले रौतहटको कटहरियामा शनिबार आमसभा गरेको छ। आमसभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरे।

गत २९ कात्तिकमा मिति तय भएर पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभा आज गरिएको हो । कटहरिया बजारको पाँच बिघा क्षेत्रफलमा भएको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले हाल एमालेमा लागेका नेता प्रभु साहलाई भागौडाको संज्ञा दिए। साहको निर्वाचन क्षेत्र हो। साह माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

प्रचण्डले सभालाई सम्बोधन गर्दै रौतहट कायर र भागैडाहरुको जिल्ला नभएको समेत टिप्पणी गरे । हेरौ कटहरियामा आयोजित माओवादी आमसभाका केही झलकः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *